arrow
ADVERTISEMENT

कुशे औँसीका दिन बागमती किनारमा श्राद्ध [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
bagmati-kushey-ausi.jpg

काठमाडौँ । कुशे औँसीको अवसरमा आज काठमाडौंको पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा भीड लागेको छ । 

कुशे औँसीको अवसरमा गोकर्णेश्वर, पशुपतिनाथ मन्दिर क्षेत्रस्थित बागमती नदी किनारमा आफ्नो पिता गुमाएकाहरूले श्राद्ध, पितृको नाममा तर्पण एवं पिण्डदान दिइ पितालाई सम्झनेहरूको भीड देख्न सकिन्छ । 

आजको दिन विशेष गरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष घुइँचो लाग्छ । आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । 

आज कुशे औँसीका दिन छोराछोरीहरू परम्पराअनुसार आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाई आदरसम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने गर्दछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ