arrow

लगातार घटेको नेप्सेमा सोमबार चमक, बढ्यो १२७ अंकले

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । नेप्से परिसूचकमा सोमबार हरियाली छाएको छ । सोमबार नेप्से १२७.२५ अङ्कले बढेर २८२३.२५ विन्दुमा पुगेको छ ।

सोमबार ३३५ कम्पनीको कूल ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर १ लाख ६० हजार ५७९ पटक कारोबार हुँदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ मा खरिद बिक्री भएका छन् ।

त्यस्तै नेशनल हाइड्रोसहित सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने लक्ष्मी उन्नति कोषको शेयर मूल्य सबैभन्दा बढी ४.७१ प्रतिशतले घटेको छ ।

गुडविल फाइनान्सको सबैभन्दा बढी ४६ करोड ५२  लाख ५१ हजार ९०० को रकम बराबरीको खरिद बिक्री भएको छ भने साविक भन्दा बढी अपि पावरको सबैभन्दा बढी १२ लाख २५ हजार ९४९ कित्ता शेयर कारोबार भएको छ ।

योसँगै निरन्तर घटेको नेप्सेमा सोमबार सुखद चमक आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ