arrow

तीव्र हावाका कारण दक्षिणपूर्वी अष्ट्रेलियामा एकको मृत्यु, हजारौँ बिजुलीविहीन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
australia-flag1.jpg

सिड्नी । अस्टेलियाको दक्षिणपूर्वी क्षेत्रमा शक्तिशाली आँधी आउँदा एक व्यक्तिको मृत्यु हुनुका साथै दशौँ हजार अस्ट्रेलियाली बिजुलीविहीन भएको अधिकारीहरूले सोमबार बताएका छन् । 
 
अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लू) का अधिकारीहरूले खराब मौसमका कारण रूख ढल्दा एक महिलाको मृत्यु भएको पुष्टि गरेका छन् ।  यसै क्रममा अर्का एक व्यक्तिलाई चोट लागेकाले नजिकैको अस्पतालमा उपचारका लागि लगिएको उनीहरूले बताएका छन् । 
  
अस्ट्रेलियाको भिक्टोरिया राज्यका केही भागमा आइतबार राति एक सय ४६ किलोमिटर प्रतिघन्टाको हावा रेकर्ड गरिएको राज्य आपत्कालीन सेवाले जनाएको छ ।
 
मौसम विज्ञान ब्यूरोले सोमबार भिक्टोरियाका लागि अझ तीव्र हावाको पूर्वानुमान गर्दै मङ्गलबार अवस्था सहज हुनुअघि असिना र आँधीबेहरी आउने आँकलन गरेको छ ।  

बिजुली प्रदायक युनाइटेड इनर्जीले प्रभावित राज्यमा बिजुली पुनः निर्माण गर्न धेरै दिन लाग्न सक्ने चेतावनी दिएको छ ।

भिक्टोरियाका ऊर्जामन्त्री लिली डी एम्ब्रोसियोले सोमबार बिहान पत्रकार सम्मेलनमा केही क्षेत्रमा प्रभावित बिजुलीको मर्मत गर्नु धेरै खतरनाक रहेको बताएका छन् । 

आइतबार दक्षिण अस्ट्रेलियामा सात हजार घर बिजुली प्रभावित भएको थिए भने  टापू राज्य तस्मानियामा बाढी चेतावनी जारी गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ