arrow

पुटिन मङ्गोलियामा, आईसीसी निर्देशनको अवहेलना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
putin-drive.jpg

काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार मङ्गोलिया आइपुगेका छन् । मङ्गोलियाको राजधानी उलानबाटारमा उच्चस्तरीय भ्रमणका लागि विमानस्थलमा झरेपछि उनलाई भव्य स्वागत गरियो । 

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले गत वर्ष पक्राउ पुर्जी जारी गरेपछि पुटिनको आईसीसी सदस्य राष्ट्रमा भएको यो पहिलो भ्रमण हो । पुटिनको यो भ्रमणलाई लिएर आईसीसी , किएभ, पश्चिमा र अधिकारवादी समूहहरूले आईसीसी निर्देशनको अवहेलनाको प्रदर्शनको रूपमा हेरिएको छ ।

सन् २०२२ मा युक्रेनी सेनाले युक्रेनमा आक्रमण गरेयता युक्रेनी बालबालिकालाई गैरकानुनी रूपमा देश निकाला गरेको अभियोगमा हेगस्थित अदालतले रूसी नेताविरूद्ध पक्राउपूर्जी जारी गर्दै ‘सर्वाधिक खोजी’ को सूचिमा राखेको छ । 

किएभले गत हप्ता मङ्गोलियाली अधिकारीहरूलाई पक्राउ पुर्जी कार्यान्वयन गर्न आग्रह गरेका थिए भने आईसीसीले अदालतले मागेकाहरूलाई हिरासतमा लिनु आफ्ना सबै सदस्यहरूको ‘दायित्व’ रहेको बताएको थियो। क्रेमलिनले गत हप्ता पुटिनलाई पक्राउ गर्ने विषयमा रूसलाई कुनै ‘चासो’ नभएको बताएको थियो ।

रुस र चीनको बीचमा रहेको मङ्गोलिया सोभियत कालमा मस्कोको अधिपत्यमा थियो । सन् १९९१ मा सोभियत सङ्घको पतन भएदेखि नै उसले क्रेमलिन र बेइजिङ दुवैसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न खोजेको छ ।

मङ्गोलियाले युक्रेनमा रुसको आक्रमणको विरोध गरेको छैन र संयुक्त राष्ट्रसङ्घमा द्वन्द्वसम्बन्धी मतदानमा अनुपस्थित रहेको छ । आईसीसीले सन् २०२३ को मार्चमा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ