arrow

कृषि उत्पादन वृद्धि गर्नुपर्छ : डा महत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
mahat-prakashsharan.jpg
फाइल तस्बिर

मोरङ । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले कृषिमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन् ।

बीपी चिन्तन प्रतिष्ठान कोशी प्रदेशद्वारा आयोजित ‘नेपालमा कृषि क्रन्तिः सम्भावना र चनौती’ विषयक विचार गोष्ठीको उद्घाटन गर्दै उनले कृषिमा आश्रित दुई तिहाइ जनतालाई उद्योग, व्यवसायमा वैकल्पिक रोजगारीको व्यवस्था गर्नुपर्ने बताए । 

पूर्वअर्थमन्त्री डा महतले विदेशबाट शीप सिकेर फर्केका युवालाई तराई पहाडमा सामूहिक खेतीमार्फत उत्पादनको आधारमा अनुदान उपलब्ध गराउनुपर्ने सुझाव दिए । 

उनले कृषिमा आत्मनिर्भर हुन स्वदेशी किसानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै कृषि उत्पादनमा अतिरिक्त भन्सार महसुल लगाउनुपर्ने आवश्यकता औंल्याए ।

फरक प्रसङ्गमा नेकां प्रवक्ता डा महतले राजनीतिक स्थायित्व कायम राख्न अहिलेको समानुपातिक प्रतिनिधित्वलाई प्रत्यक्ष निर्वाचनमा लग्नेगरी संविधान संशोधन गर्नुपर्ने धारणा राखे ।

प्रदेशसभा सदस्य भीम पराजुली र डोल्मा तामाङले तीन तहको सरकारले पालिकास्तरमा शीतभण्डार निर्माण गरेमा कृषकले कृषि उत्पादन बृद्धि गर्नुका साथै कृषिउपजको उचित मूल्य पाउने विचार राखे ।

प्रतिष्ठानका प्रदेश अध्यक्ष अनिलकृष्ण प्रसाईं, सहअध्यक्ष पुष्पराज पराजुली, नेकां प्रदेश सहमहामन्त्री प्रमिला गच्छदारलगायतले कृषकलाई कृषि उत्पादन प्रशोधनमा विद्युतमा छुट दिनुपर्ने सुझाव दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ