arrow

पाकिस्तानमाथि बंगलादेशको ऐतिहासिक सफलता, श्रृंखला क्लिनस्वीप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
bangladesh-defeat-pak-test.jpg

काठमाडौँ । बंगलादेशले टेष्ट क्रिकेटमा इतिहास रचेको छ । बंगलादेशले पाकिस्तानमाथि उसकै भूमिमा श्रृंखला क्लिनस्वीप गर्न सफल भएको छ ।

बंगलादेशले २ खेलको श्रृंखला २–० ले जितेको हो । यसअघि बंगलादेशले टेष्टमा पाकिस्तानलाई हराउन सकेको थिएन । 

पहिलो खेल १० विकेटले जितेको बंगलादेशले दोस्रो खेल ६ विकेटले जित्यो । रावलपिण्डीमा भएको दोस्रो खेलमा १८५ रनको चुनौती बंगलादेशले ४ विकेटको क्षतिमा पूरा गर्यो । 

प्लेयर अफ द म्याच लिटन दासले १३८ रन बनाए । त्यस्तै प्लेयर अफ द सिरिज मेहन्दी हसन मिराजले दुवै खेलमा गरी अलराण्ड प्रदर्शन गर्दै १५५ रन तथा १० विकेट लिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ