arrow

एमाले बैठकको दोस्रो दिन, एक्लै निर्वाचन लड्ने कार्ययोजनामा छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
uml-cpn.jpg

काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ । हिजो मंगलबारबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु भएको बैठकको आज दोस्रो दिन हो ।

बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढाइएको छ । 

मंगलबारको बैठकमा महासचिव शङ्कर पोखरेलले प्रस्ताव गरेको  कार्ययोनामा आज नेताहरूले आफ्नो धारणा राख्नेछन् । 

कार्ययोजनामाथि राय राख्न नेताहरूलाई ३ मिनेटको समय छुट्याएको छ । 

यसअघि नेपाली कांग्रेसले चुनावअघि कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने र सबै कांग्रेसले रुखमा मात्रै भोट हाल्न पाउनु पर्ने प्रस्ताव कांग्रेस केन्द्रीय समितिले पारित गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ