arrow

बसमा एम्बुलेन्स ठोक्किँदा तीन जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
ambulance-accident-pokhara.jpg
तस्बिरः जमुना वर्षा शर्माको फेसबुकबाट

पोखरा । पर्वतमा आज दिउँसो एम्बुलेन्स र यात्रुबाहक बस एकापसमा ठोक्किँदा एम्बुलेन्समा सवार तीन यात्रु घाइते भएका छन् ।

पोखरा बागलुङ राजमार्गको कुश्मा नगरपालिका वडा नं. २ अर्मादी घुम्तीमा आज दिउँसो ३ बजे सो दुर्घटना भएको हो ।

पर्वतको जलजला गाउँपालिका वडा नं. ७ बाट बिरामी लिएर पोखरा आउँदै ग१झ ६९५ नम्बरको एम्बुलेन्स र चितवनबाट पोखरा हुँदै बागलुङ जाँदै गरेको बागमती प्रदेशको ०६-००१-०३०० नम्बरको बस एकापसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी निरीक्षक यामबहादुर विकले जानकारी दिए ।

दुर्घटनामा कुश्मा नगरपालिका वडा नं १ शिवालयका केशरी अधिकारी, गीता खत्री, भगवती खत्री घाइते भएको बताइएको छ । उनीहरुलाई उपचारका लागि पर्वत जिल्ला अस्पताल लगिएको छ ।

एम्बुलेन्स चालक पर्वत जलजला-८ का धनबहादुर खत्री र बस चालक भरतपुर-२७ का टिकाराम महतो नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विकले बताए । बसमा रहेका सबै यात्रु सकुशल रहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ