arrow

संस्कृति हाम्रो समाजको प्राण – मन्त्री पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २१ शुक्रबार
badri-pandey-81-5-21.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति समाजको प्राण भएको बताएका छन् । 

हरितालिका तीजको अवसरमा शुक्रबार पशुपतिनाथ  मन्दिर क्षेत्रका को स्थलगत अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरूसँग प्रतिक्रियामा उक्त कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले भने, ‘धार्मिक पर्यटन प्रवर्द्धनका लागि संस्कृति महत्वपूर्ण विषय हो । यो हाम्रो समाजको प्राण पनि हो । संस्कृति पक्षलाई बलियो बनाउनु भनेको समाज बलियो हुनु हो ।’

उनले हरितालिका तीजको अवसरमा पशुपतिनाथको दर्शन गर्न आएका महिला भक्तजनहरूसँगसमेत त्यहाँको व्यवस्थापनका बारेमा बुझेको र  भक्तजनहरूले लामो लाईन नलागि नै दर्शन गर्न पाएकोमा खुशी ब्यक्त गरेका थिए । साथै पशुपति क्षेत्र विकास कोषले लाइन नै बस्न नपर्ने गरि छिटो छरितो रूपमा दर्शनको व्यवस्था गरेको भन्दै मुक्त कण्ठले प्रशंसासमेत गरे । 

उनले विविध खालको संस्कृतिले नेपाल र नेपालीलाई संसारभर जोड्ने काम गरेको भन्दै धार्मिक पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्दै पर्यटकहरू भित्र्याउनु पर्नेमा जोड दिए ।

मन्त्री पाण्डेले हरितालिका तीजको देश तथा विदेशमा बस्ने महिला दिदीबहिनीहरूलाई शुभकामनासमेत दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ