arrow

समितिमा पर्यटनमन्त्री

सौर्य एयरलाइन्स दुर्घटनाको छानबिनका लागि न्यायिक समिति गठनको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
badri-05-0.jpg

काठमाडौँ। सरकारले सौर्य एयरलाइन्सको दुर्घटनाबारे थप अनुसन्धान गर्न न्यायिक छानबिन समिति गठन गर्ने संकेत दिएको छ।

बुधबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले यस्तो जानकारी दिएका हुन्। उनले दुर्घटनाको 'सेफ्टी अनुसन्धान' मात्रै भएको र अब न्यायिक निष्कर्षमा पुग्न आवश्यक देखिएको बताए।

मन्त्री पाण्डेका अनुसार, सरकारले न्यायिक छानबिन समिति बनाउन मिल्ने वा नमिल्नेबारे छिट्टै निर्णय गर्नेछ। यदि समिति गठन गर्ने निर्णय भएमा त्यसको स्वरूप र प्रभावकारिताका विषयमा पनि छलफल गरिने उनले बताए।

उनले हवाई नीति र २०१५ सालको ऐन लाई पनि नयाँ मस्यौदा गर्ने क्रममा रहेको जानकारी दिए। मन्त्री पाण्डेले प्रश्न उठिसकेपछि यो विषयलाई यत्तिकै छाड्न नहुनेमा सरकार सचेत रहेको र दुर्घटनाको निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ