arrow

शनिदेवको प्रिय दिनमा कस्तो होला राशिफल ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २२ शनिबार
horoscope-rashifal.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ भाद्र २२ गते शनिबार, इस्वीसंवत सेप्टेम्बर ७ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रशुक्लपक्षको चतुर्थी तिथि दिनमा २ः०५ बजेसम्म त्यसपछि पञ्चमी तिथि लाग्नेछ । नक्षत्रमा चित्रा बिहानमा १०ः४२ बजेससम्म त्यसपछि स्वाति नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा ब्रह्म ४१ घटि ४९ पलासम्म त्यसपछि ऐंन्द्र योग रहनेछ । करणमा बब रहनेछ । आनन्दादि योगमा काण रहनेछ ।

सूर्य सिंह राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान ३१ घटि १५ पला अर्थात १२ घण्टा ३१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः४५ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः१६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ८ः१७ बजे र अस्ताउने समय साँझमा ७ः५८ बजे रहेको छ । आज गणेश चतुर्थी, निजामति सेवा दिवस, राष्ट्रिय धर्मसभा दिवस परेको छ ।

आजको राशिफल

मेष : आजको दिन हिम्मतिलो रहनेछ । शरीरमा शक्ति तथा स्फुर्ति र जोस जाँगर बढेर आउने एवं काममा रुची बढ्ने हुनाले रोकिएर रहेको महत्वपूर्ण काम पूरा गर्न सकिनेछ । मान्छेहरुबाट प्रशंसा पाइने र मुख्य कार्य सम्पादन गर्न सहयोग पनि जुट्ने एवं उत्साह तथा उमगं बढ्नेछ । दाजुभाइबीचको सहकार्य अघि बढ्नेछ । व्यवसाय तथा पेसागत कर्मक्षेत्रबाट आफ्नो हैसियत अनुसारको आर्थिक लाभ गर्न सकिनेछ । प्रतिस्पर्धामा विजय भइने तथा पुरस्कार आदि आकस्मिक लाभ हातपार्न र सामाजिक प्रख्याति कमाउन सकिनेछ ।

वृष : आजको दिन केही अदृश्य रोकावटको बाबजुत पनि सकारात्मक नै देखिएको छ । सावधानीपूर्वक वाणी व्यवहार गर्नाले बोलीवचनले मान्छेलाई प्रभाव पार्न सकिने छ । सञ्चित धनको व्यय हुनसक्ने र व्यवसाय आदिबाट आर्थिक आम्दानी हुने, दुबैको सम्भावना छ । परोपकार एवं सामाजिक कार्यमा संलग्न हुने मौका मिल्न सक्ने छ भने केही प्रयत्नले नाता-कुटुम्ब सम्बन्धमा सुधार ल्याउन सकिने छ ।

मिथुन : आजको दिन खुशी एवं उत्साह र उमङ्गिलो भएर बित्ने देखिन्छ । इष्टमित्रको आगमनले पारिवारिक वातावरण रमाइलो हुनेछ । पेशा तथा व्यवसायका काम थपिन सक्ने छन् । दिनचर्या व्यस्त नै रहनेछ । स्वागत सत्कारको अवसर पनि प्राप्त हुन सक्ने छ । कार्यक्षेबाट हैसियत एवं औकात अनुसारको फाइदा उठाउन सकिनेछ । जागिर एवं समाजसेवा र राजनीतिक क्षेत्र आदिमा पनि सन्तोषप्रद वातावरण बन्नसक्ने छ ।

कर्कट : आजको दिन सामान्य कार्यलाई पनि बढी मेहनत गर्नुपर्ने दिन रहेको छ । विचार नपुर्याइ जोशमा आएर कुनै पनि विषयको आशक्ति नगरेकै राम्रो हुनेछ । फजुल खर्च तथा यात्रा आदिलाई ग्रह स्थितिले प्रोत्साहन गरिरहेकोले सोँचविचार नगरी गरिएको कामले पश्चाताप पार्न पनि सक्नेछ, ख्याल पुर्याउनु होला । पारिवारिक वा प्रेमसम्बन्धमा पनि केही वितृष्णा पैदा हुन सक्ने छ । हतोत्साहित नभइ आफ्नो कार्यमा लगनशीलतापूर्वक लागिरहनाले अन्तिममा केही लाभ हात पार्न सकिनेछ ।

सिंह : आजको दिन व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्न सकिने छ । समयको राम्रोसँग सदुपयोग गरेको खण्डमा जाँच एवं परीक्षा तथा प्रतिस्पर्धामा उत्तीर्ण तथा विजयी भइने दिन परेको छ । सन्तानको पक्षबाट पनि सन्तोष मिल्नेछ । अधुरा रहेका कामलाई पूर्णता दिने गरी दिनको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह कुरा चल्नसक्ने छ । समर्थन तथा सहयोग गर्ने इष्टमित्र पनि मिल्नेछन् । आज महत्वपूर्ण काम बन्नसक्ने सम्भावना छ ।

कन्या : आजको दिन केही मानमर्यादा एवं अवसरको सम्भावना छ तर आफ्नै व्यवहारमा कमिकमजोरी रहनाले तथा आत्मबलमा ह्रास आउनाले प्राप्त हुने उपलब्धिलाई सम्हाल्न नसिकने हो कि भन्ने लक्षण देखिन्छ । विशेष गरी कामकार्यमा विपरितलिङ्गीबाट असहयोग हुन सक्नेछ । तथापि राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी थपिनसक्ने लक्षण छ । व्यापार व्यवसायबाट केही लाभ गर्न सकिने छ भने उच्च आहोदाका व्यक्तित्त्वसँग भेटघाट हुन सकिने र आड भरोषाजन्य आश्वासन मिल्न सक्ने छ ।

तुला : आजको दिन कमजोरी खोज्ने सक्रिय देखिने छन् । आफूभन्दा माथिल्लो निकायलाई सिकाय पुग्ने हुनाले काम क्षेत्रमा केही अपयश पनि व्यहोर्न पर्नसक्ने छ । केही असफल चक्रब्यूहको शिकार भइनसक्ने छ तर, आत्मबल नगिराइ दृढताको साथमा आफ्नो कर्तव्यबाट विचलन नभएमा अन्ततोगत्वा परिणाम आफ्नो पक्षमा ल्याउन सकिने छ । धार्मिक चिन्तन र सदाचरणको अभ्यासले जयतर्फ लैजाने छ । व्यापार व्यवसायको क्षेत्रमा पनि आकस्मिक लाभ हुन सक्ने छ ।

वृश्चिक : आजको दिन सोँचेभन्दा बढी संघर्ष गर्नपर्ने खालको दिन देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रन सक्ने छ । हतार नगर्नु तथा सोँचविचार गरेर चल्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ ।

धनु : आजको दिन भौतिक सुखकर रहनेछ, तथापि खोजेकै भौतिक उपलब्धि हुनका लागि ग्रहको अवरोध पनि देखिएको छ । जीवन साथीको वा विपरीत लिङ्गीको सहयोग मिल्ने र प्रेमसम्बन्धमा केही सम्झौताले सुधार ल्याउन सकिने छ । कसैकसैमा आकस्मिक आक्रोश पैदा हुनसक्ने वा कपट प्रेमको फन्दामा फस्न सकिने समेत सम्भावना देखिएको छ । बुद्धि विवेक पुर्याएर होसियारी अवलम्बन अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । उच्चरक्तचाप आदिका रोगीले भने आहारविहारमा विशेष होसियारी गर्नुहोला । यात्रा, व्यापार व्यवसाय आदिको योग परेको छ ।

मकर : आजको दिन तुलनात्मकरुपमा सुधारोन्मुख देखिए पनि विशेष मानिएको कार्यमा गन्तव्य चुम्न संघर्ष देखिएको छ । सामान्यतया आरोग्यता र हिम्मत-क्षमता बढ्दा बढ्दै पनि सोचेकै कार्यमा सफलता हातपार्न अल्लि कठिन पर्ने देखिन्छ । दैनिकी कामकार्य तथा पेशाको क्षेत्रमा स्वभाविक सफलता एवं लाभ प्राप्त हुनेछ । शुभेच्छुकबाट पनि केही काम लिन सकिनेछ । यात्रालाई पनि गोचरले प्रोत्साहन गरेको छ, मान्यजन वा विरामी जनको भेट्घाटमा समयको सदुपयोग गर्नु उचित हुनेछ । राजनीति, समाज सेवाका क्षेत्रमा केही सकारात्मक परिणाम हात पार्न सकिने छ ।

कुम्भ : आजको दिन ज्ञान विवेकको सदुपयोग गर्न सकिने र प्रशंसा मिल्ने रहेको छ । विद्यार्थीको लागि बढी उपयोगी दिन रहन सक्ने छ । प्रतिष्ठा र छविको वर्चश्व स्थापित गर्न सकिने छ । ज्ञानोदयको ग्रहप्रभावले कलाकौशलता बढाउने र दार्शनिक तथा सैद्धान्तिक पक्षमा खरोरुपमा उत्रन सकिने छ । कर्मक्षेत्र तथा व्यवसायमा प्रगति हुनाले आर्थिक सङ्कलन गर्न पनि सकिने छ । सन्ततिको तर्फबाट सुख एवं सन्तोष पाइनेछ । बुद्धिले प्रेमी तथा प्रेमिकालाई आकर्षण गर्न सकिनेछ ।

मीन : आजको दिन बोली व्यवहारमा केही सावधानी अपनाउनु पर्नेछ । कसैसँग मनोमालिन्य हुनसक्ने तथा मनमा सञ्कोच बढ्न सक्ने सम्भावना छ । कामकार्यमा पनि अवरोध एवं प्रतिकुलताको ग्रह लक्षण रहेकोले अल्लि बढी प्रयत्न गर्नुपर्ने तथा बुद्धि पुर्याउन पर्ने जरुरी हुनेछ । स्वास्थ्यमा पनि केही समस्या आउन सक्ने छ । पारिवारिक समस्या थपिने र गर्न लागेको काममा विलम्ब हुने सम्भावना छ ।
 

साइतः सूर्य सिंह राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिण अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्व यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः४५ बजेदेखि ७ः१९ बजेसम्म काल बेला
बिहान ७ः१९ बजेदेखि ८ः५३ बजेसम्म शुभ बेला
बिहान ८ः५३ बजेदेखि १०ः२७ बजेसम्म रोग बेला
बिहान १०ः२७ बजेदेखि १२ः०१ बजेसम्म उद्धेग बेला
मध्यान्ह १२ः०१ बजेदेखि १ः३५ बजेसम्म चर बेला
दिनमा १ः३५ बजेदेखि ३ः०९ बजेसम्म लाभ बेला
दिनमा ३ः०९ बजेदेखि ४ः४३ बजेसम्म अमृत बेला
दिनमा ४ः४३ बजेदेखि ६ः१७ बजेसम्म काल बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः१७ बजेदेखि ७ः४३ बजेसम्म शुभ बेला
साँझ ७ः४३ बजेदेखि ९ः०९ बजेसम्म रोग बेला
राति ९ः०९ बजेदेखि १०ः३५ बजेसम्म उद्धेग बेला
राति १०ः३५ बजेदेखि १२ः०१ बजेसम्म चर बेला
राति १२ः०१ बजेदेखि १ः२७ बजेसम्म लाभ बेला
राति १ः२७ बजेदेखि २ः५३ बजेसम्म अमृत बेला
रातिमा २ः५३ बजेदेखि ४ः१९ बजेसम्म काल बेला
रातिमा ४ः१९ बजेदेखि ५ः४६ बजेसम्म शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ