arrow

टीसीएलको दशैं, तिहार र छठ पर्व लक्षित  एक लाख बढीको क्यासब्याक अफर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २३ आइतबार
tcl-celebrate-greatness-together-2081.jpg

काठमाडौं। अग्रणी विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले यस वर्षको वडा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ अभियान "सेलब्रेट  ग्रैट्नस टुगेदर" घोषणा गरेको छ। यस अभियानले ग्राहकहरूलाई घर मनोरञ्जन अनुभव अपग्रेड गर्न आकर्षक क्यासब्याक र उपहारहरूको अवसर प्रदान गर्नेछ।

अभियानको प्रमुख विशेषता अन्तर्गत टीसीएलले रु. १,६३,५००/- सम्मको क्यासब्याक अफर गर्दैछ। साथै, प्रत्येक ग्राहकलाई निश्चित उपहार जित्न पाउने ग्यारेन्टी गरिएको छ, जसले यस अभियानलाई थप आकर्षक बनाएको छ।

बम्पर अफरअन्तर्गत, पाँच भाग्यशाली विजेताहरूले चर्चित सीएमएफ फोन एक बाइ नथिङ्ग जित्ने अवसर प्राप्त गर्न सक्नेछन्।

टीसीएलको उत्पादनहरूमा अद्भुत टेलिभिजनहरू, ऊर्जा-कुशल एयर कन्डिसनर, विश्वसनीय फ्रिज, र शक्तिशाली वाशिंग मेसिनहरू समावेश छन्, जसले ग्राहकहरूको जीवनशैलीलाई उन्नत गर्ने लक्ष्य राखेको छ।

यी विशेष अफरहरूको फाइदा उठाउनका लागि नजिकको टीसीएल अधिकृत डिलर वा अनलाइन स्टोर www.cgdigital.com.np मा जान सकिनेछ।

टीसीएल उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगमा विश्वव्यापी अग्रणी ब्रान्डको रूपमा चिनिन्छ, जुन नवीन उत्पादनहरूको माध्यमबाट जीवनशैली सुधार गर्न समर्पित छ। नेपालमा टीसीएलका घरायसी उपकरणहरू चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्सले बिक्रि तथा वितरण गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ