arrow
ADVERTISEMENT

यो दसैँमा सिजीको सामान खरिदमा डब्बल खुसी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २३ आइतबार
cg-meridia-upto-60-500-cash-bank-sure-gifths-dashail-2081.jpg

काठमाडौँ। नेपालकै ठुलो र अग्रणी ब्रान्ड सिजीले यस वर्षको दसैँ, तिहार र छठ पर्वको अवसरमा "नेपालकै अब्बल, सिजीसँग खुसी डब्बल" योजना सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूको चाडपर्वलाई थप उत्साहपूर्ण बनाउने उद्देश्यले विभिन्न सामानहरूको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्रदान गर्नेछ।

यस योजना अन्तर्गत सिजी तथा सिजी मेरिडियाका सामानहरूको खरिदमा रु ६०,५०० सम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सक्नुहुनेछ। यस स्किममा तनम्न पक्का उपहारहरू रहेका छन् :

उपलब्ध पक्का उपहारहरू:

  • सिजी टिभी (६५” र ७५”) तथा सिजी क्यूलेड टिभी (५५” र माथि) खरिद गर्दा २.१ स्पिकर फ्री,
  • सिजी डबल डोर रेफ्रिजरेटर खरिदमा फ्राइ प्यान फ्री,
  • सिजी मल्टिडोर रेफ्रिजरेटर खरिदमा मेरिडिया भ्याकुम फ्री,
  • सिजी माइक्रोवेभ ओभन खरिदमा कुकिंग किट फ्री,
  • सिजी फ्रन्ट लोड वाशिङ मेसिन खरिदमा ६ किलो एरियल फ्री,
  • सिजी सेमी र टप लोड वाशिङ मेसिन खरिदमा ३ किलो एरियल फ्री,
  • सिजी डिशवाशर खरिदमा डिशवाशर किट फ्री,

साथै, सिजीले टिभी (३२” देखि ५५” सम्म) खरिद गर्दा आकर्षक क्यासब्याकको व्यवस्था गरेको छ। यस अतिरिक्त, सिजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक पाउने अवसर उपलब्ध हुनेछ।

सिजीले आफ्ना ग्राहकहरूलाई सिजी एयर कन्डिसनर खरिद गरेपछि निःशुल्क जडान सेवासमेत प्रदान गर्नेछ। भाद्र २३, २०८१ देखि देशभर सीमित अवधिको लागि लागू हुने यस योजना सिजीका अधिकृत बिक्रेताहरूबाट लिन सकिनेछ।

नेपालकै नं एक र ठुलो ब्राण्ड सिजी प्रत्येक नेपालीहरूको मन जित्न सफल भएको छ। आफ्ना ग्राहकहरूलाई मध्यनजर गरी सिजीले सिजी मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ। जसमा प्रिमियम सामानहरू मात्र उपलब्ध हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ