arrow
ADVERTISEMENT

नेप्सेमा दोहोरो अङ्कको गिरावट, १० अर्बको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २३ आइतबार
nepal-stock-exchange-nepse.jpg
तस्बिर : फाइल

काठमाडौँ। नेप्सेमा आज दोहोरो अङ्कको गिरावट आएको छ। आइतबार नेप्सेमा २५.४६ अङ्कको गिरावट आउँदा ओरालो २७०१. ९० विन्दुमा रोकिएको छ।

आज ३२८ कम्पनीको कारोबार हुँदा दुई करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयर १० अर्ब १२ करोड २४ लाख आठ हजार २४८ को खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार आज माहुली लघुवित्त, सिर्जनशिल लघुवित्त, मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, आज थ्री स्टार हाइड्रोपावर १०, कुमारी इक्विटी फण्ड आठ दशमलव शून्य सात, गुडविल फाइनान्स छ दशमलव शून्य पाँच, डोल्टी पावर कम्पनी चार दशमलव ५४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले चार दशमलव ४५ प्रतिशतले गुमाएका छन्।

आज सबैभन्दा बढी सिइडीबी हाइड्रोको ४२ करोड १९ लाखको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी हाइड्रोको सबै भन्दा बढी २२ लाख २३ हजार ४७४ कित्ता शेयर कारोबार भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ