arrow
ADVERTISEMENT

एलजीसँग खुसीको पल : एलजीका उत्पादनहरूमा ४० प्रतिशतसम्मको क्यासब्याक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २३ आइतबार
lg-dashain-offer-40-percent-cashbak-2081.jpg

काठमाडौँ। नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले दसैँ तिहारलाई लक्षित गर्दै " एलजी सँग खुसीको पल" नामक योजना अघि सारेको छ। यस योजना अन्तर्गत ग्राहक बर्गहरुले एलजीका घरायसी सामानहरू खरिद गर्दा नगद छुट र पक्का उपहार पाउन सक्नुहुनेछ।

एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर, एलजी एयर प्युरिफायर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरूले ४०% सम्मको क्याश ब्याक प्राप्त गर्न सक्नेछन्। साथै एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओएफआर हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर(२८५ लिटर भन्दा माथि)को खरिदमा मिक्सर वा फ्यान हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर(२८५ लिटर सम्म)को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा ६ केजी डिटरजेन्ट पाउडर वा भ्याकुम फ्लास्क, एलजी टप लोड तथा टुइन टब वाशिङ मेसिनको खरिदमा ४ केजी डिटरजेन्ट पाउडर, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट प्राप्त गर्न सक्नेछन्।

त्यस्तै एयर सलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरूले फ्री इन्स्टलेशन सेवा पाउने कम्पनीले जनाएको छ।

“हामी नेपाली उपभोक्ताहरूलाई हाम्रो एलजी उत्पादनहरू मार्फत गुणस्तरीय अनुभव प्रदान गर्न सधैँ प्रतिबद्ध छौँ,” सिजी इलेक्ट्रोनिक्सका सेल्स हेड पुरुषोत्तम भण्डारी भन्छन्, “यस पर्वको अवसरमा, हामीले एलजी सँग खुसीको पल अभियान मार्फत नेपाली परिवारहरूको खुसीयालीमा थप उत्साह भर्न चाहेका छौँ।”

यसका साथसाथै शून्य % ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामान सँग एलजीको सामान सँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ।

यो योजना भाद्र २३ गते देखि नेपाल अधिराज्य भरी सीमित अवधिको लागि लागू गरिएको छ। नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेकट्रोनिक्स रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ