arrow
ADVERTISEMENT

गोदरेजद्वारा दसैँ र तिहार लक्षित  “मनैदेखि वाह” अभियान जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २३ आइतबार
cg-godrej-home-appliance-dashain-2081-wow.jpg

काठमाडौँ। अभिनव, ऊर्जा कुशल र वातावरण मैत्री ब्रान्ड गोदरेजले आफ्नो दसैँ र तिहार लक्षित अभियान, "मनै देखी वाह" जारी गरेको छ। ग्राहकहरूलाई गोदरेज होम एप्लायन्सको खरिदमा रियल क्यासब्याक र पक्का उपहारको साथ खुसी बढ्ने उद्देश्य सहित यस योजना ल्याइएको हो।

"मनैदेखि वाह" अभियान अन्तर्गत ग्राहकले रु ३१,५०० सम्मको आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहार प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले टप लोड/ ट्विन टब वासिङ मेसिन खरिद गर्दा  तीन लिटर निःशुल्क एरियल डिटर्जेन्ट लिक्विड र माइक्रोवेभ ओभन खरिद गर्दा निःशुल्क कुकिंग किट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

ग्राहकहरूले गोदरेज सिङ्गल डोर रेफ्रिजरेटर, डबल डोर रेफ्रिजरेटर, साइड-बाई-साइड रेफ्रिजरेटर, चेस्ट फ्रिजर, माइक्रोवेभ ओभन, वासिङ मेसिन र एयर कन्डिसनरहरू खरिद गर्दा आकर्षक क्यासब्याकको मजा लिन सक्नेछन्।

यो अभियान २३ भदौ २०८१ मा सुरु भई नेपालभर सीमित अवधिको लागि लागू हुनेछ। नेपाल मा  गोदरेज को घरायसी उपकरणहरू चौधरी ग्रुप अन्तर्गत सिजी इलेकट्रोनिक्सले बिक्री वितरण गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ