दसैँमा सिजीका साना घरायसी सामाग्रीहरूमा १० वटा सुनको सिक्का जित्ने अवसर
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २३ आइतबार
599
Shares
काठमाडौँ। नेपालको अग्रणी ब्राण्ड सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडिए) ले दसैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना "दसैँमा १० अफर" ल्याएको छ। यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकहरूले १०- १० ग्रामका १० वटा सुनका सिक्काहरू जित्ने अवसर कम्पनीले जनाएको छ।
यो अफर सिजीका साना घरायसी उपकरणहरूमा मात्र समावेश छन्। यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सिजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरी विज्ञापन वा सामान किनेको पसलमा दिइएका क्युआर कोड अनिवार्य रूपमा स्क्यान गरी आफ्नो विवरण भरि समावेश गर्नुपर्नेछ।
यो योजना सिजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरूमा समेटिएको छ।
यस अभियान भदौ २३ गतेबाट नेपालभर सीमित अवधिको लागि लागू हुनेछ।
नेपालकै नं १ र ठुलो ब्राण्ड सिजी प्रत्येक नेपालीहरूको मन जित्न सफल भएको छ। आफ्ना ग्राहकहरूलाई मध्यनजर गरी सिजीले सिजी मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ। जसमा प्रिमियम सामानहरू मात्र उपलब्ध हुनेछ।