arrow
ADVERTISEMENT

शिवको प्रिय दिनमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २४ सोमबार
rashifal-horoscope-1.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ भाद्र २४ गते सोमबार, इस्वीसंवत सेप्टेम्बर ९ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रशुक्लपक्षको षष्ठी तिथि साँझमा ५ः०६ बजेसम्म त्यसपछि सप्तमी तिथि लाग्नेछ । नक्षत्रमा विशाखा दिनमा २ः५८ बजेससम्म त्यसपछि अनुराधा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वैधृति ४२ घटि १६ पलासम्म त्यसपछि विष्कुम्भ योग रहनेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा मित्र रहनेछ ।

सूर्य सिंह राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान ३१ घटि ७ पला अर्थात १२ घण्टा २८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः४७ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः१३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ११ः०१ बजे र अस्ताउने समय रातिमा ९ः३६ बजे रहेको छ । आज सूर्य षष्ठी पूजा गर्ने दिन रहेको छ ।

आजको राशिफल

मेष : आज पनि समय खराब रहनेछ । बिहानको समय झन्झट आइलाग्ने र बिना सित्तिमा संचित धनको नोक्सानी हुन सक्ने देखिन्छ, खराब निर्णय हुन सक्छ, मध्यान्ह पछिको समय भने केही सुधारित रहनेछ, आफन्तसँगको सम्बन्धमा क्रमिक सुधार आउनेछ ।

वृष : आज पनि स्वास्थ्य राम्रो रहनेछ । फलदायी समय रहनेछ, साथीभाइ इष्टमित्र सबैको मन जित्न सकिनेछ, तपाइको अनुयायी बढ्नेछन् भने नयाँ कामको प्राप्ति पनि हुन सक्ने देखिन्छ, आर्थिक कारोबार सन्तोष जनक रहनेछ ।

मिथुन : आज समय राम्रो रहनेछ । रोकिएका व्यवसायिक कारोबारमा सुधार आउनेछ, प्रेम सम्बन्ध अझै प्रगाढ हुनुको साथै मन आनन्दित रहनेछ, नयाँ सवारी साधन र बहुमुल्य रत्नहरुको सञ्चिति हुने समय रहेको छ ।

कर्कट : आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । परिवेश सामान्य रहे पनि मनको डरले भने सताउनेछ । ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ । तापनि बाहिर आलोचना गर्नेले व्यवहारमा अवसर प्रदान गर्नेछन् । परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ । आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । अरूको मुख नताकि कर्मयोगमा लाग्दा फाइदा उठाउन सकिनेछ ।

सिंह : आज पनि समय शुभ छैन । पढाई लेखाइमा आएको लय घट्न सक्छ, शत्रुहरु तपाइँदेखि टाढिन थाल्नेछन, धार्मिक कार्यमा रुची बढ्नेछ भने प्रेम र दाम्पत्य सम्बन्धमा निकटता आउनेछ, हतियार बात निक्सानी हुन सक्छ निकै चनाखो रहनु होला ।

कन्या : आज पनि समय अत्यन्त शुभ छ । घर बाहिर रहेर काम गर्नेका लागि फलदायी समय रहनेछ, खर्च बढेता रमाइलो भेटघाट र घुमघाममा रमाउने दिन रहेको छ, पारिवारिक सम्बन्धमा टकराबको स्थिति आउन सक्छ, धनमाल हराउन सक्छ चनाखो रहनुहोला ।

तुला : आज पनि समय अत्यन्तै खराब छ । बिहानको समय झन्झट आइलाग्ने र बिना सित्तिमा संचित धनको नोक्सानी हुन सक्ने देखिन्छ,खराब निर्णय हुन सक्छ,मध्यान्ह पछिको समय भने केहि सुधारित रहनेछ,आफन्तसँगको सम्बन्धमा क्रमिक सुधार आउनेछ ।

वृश्चिक : आज पनि समय अत्यन्तै राम्रो छ । काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । व्यवसायमा लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ ।

धनु : आज स्वास्थ्यमा एक्कासि समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तापइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।

मकर : आज पनि स्वास्थ्य अनुकुल रहनेछैन । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला । काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिएला । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होसियार रहनुहोला ।

कुम्भ : आज पनि समय शुभ छ, स्वास्थ्यमा सुधार आउनेछ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । व्यवसायमा फाइदा हुनेछ ।

मीन : आज समय मध्यम खालको छ । चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ । हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । तापनि सेवामूलक कामबाट धनलाभ हुनेछ ।
 

साइतः सूर्य सिंह राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिण अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्व यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः४५ बजेदेखि ७ः१९ बजेसम्म अमृत बेला
बिहान ७ः१९ बजेदेखि ८ः५३ बजेसम्म काल बेला
बिहान ८ः५३ बजेदेखि १०ः२७ बजेसम्म शुभ बेला
बिहान १०ः२७ बजेदेखि १२ः०१ बजेसम्म रोग बेला
मध्यान्ह १२ः०१ बजेदेखि १ः३५ बजेसम्म उद्धेग बेला
दिनमा १ः३५ बजेदेखि ३ः०९ बजेसम्म चर बेला
दिनमा ३ः०९ बजेदेखि ४ः४३ बजेसम्म लाभ बेला
दिनमा ४ः४३ बजेदेखि ६ः१७ बजेसम्म अमृत बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः१७ बजेदेखि ७ः४३ बजेसम्म काल बेला
साँझ ७ः४३ बजेदेखि ९ः०९ बजेसम्म शुभ बेला
राति ९ः०९ बजेदेखि १०ः३५ बजेसम्म रोग बेला
राति १०ः३५ बजेदेखि १२ः०१ बजेसम्म उद्धेग बेला
राति १२ः०१ बजेदेखि १ः२७ बजेसम्म चर बेला
राति १ः२७ बजेदेखि २ः५३ बजेसम्म लाभ बेला
रातिमा २ः५३ बजेदेखि ४ः१९ बजेसम्म अमृत बेला
रातिमा ४ः१९ बजेदेखि ५ः४६ बजेसम्म काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ