arrow
ADVERTISEMENT

सुडानका लागि तत्काल सहयोग उपलब्ध गराउन डब्ल्युएचओ प्रमुखको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २४ सोमबार
who-president-tedros.jpg

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले अन्तर्राष्ट्रिय समुदायलाई सुडानी जनतालाई तत्काल मानवीय सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् । डब्ल्युएचओ प्रमुखले सुडानको रेड सी राज्यको राजधानी पोर्ट सुडानमा आयोजित पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् । 

१ करोड ४७ लाख मानिसलाई जीवन बचाउने सहयोगको दायराका लागि तत्काल सहयोग आवश्यक रहेको बताए। जसको लागि मानवीय क्षेत्रले २.७ बिलियन अमेरिकी डलर अनुरोध गरेको बताए। अधिकांश सुडानी जनता अब अनिकाल र रोगको प्रकोपबाट पीडित रहेको बताए। 

गेब्रेयससले सुडानको सङ्क्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल–बुर्हानसँग भेट गरेका थिए। सुडानमा वर्षासँग सम्बन्धित मौसमी रोगहरू फैलिरहेको छ । 

सुडानको स्वास्थ्य मन्त्रालयले हालैको भारी वर्षाका कारण २०५ जनाको मृत्यु भएको छ । यसैबीच तथ्याङ्कअनुसार देशमा हैजाबाट १७६ जनाको मृत्यु भएको छ भने ५ हजार ८१ जनामा सङ्क्रमण देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ