arrow

सन्तानब्बे वर्षीय आचार्यले लिए कांग्रेसको क्रियाशील सदस्यता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
lilabhakta-acharya-kaski.jpg

पोखरा । कास्कीमा ९७ वर्षका एक व्यक्तिले नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका छन् । पोखरा महानगरपालिका वडा नं. १७ निवासी ९७ वर्षका लिलाभक्त आचार्यले सोमबार कांग्रेसको क्रियाशील सदस्यता लिएका हुन् ।

नेपाली कांग्रेस महासमिति सदस्य तथा कार्यक्रम संयोजक ऋषि काफ्लेले आचार्यलाई क्रियाशील सदस्यताको प्रमाणपत्र हस्तान्तरण गरे । आचार्य नेपाली कांग्रेस कास्कीका पूर्वसभापतिसमेत हुन् ।

बीपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा पारेर आयोजित कार्यक्रममा पोखरा-१७ मा दुई सय १० जनालाई क्रियाशील सदस्यता वितरण गरिएको वडा सभापति देवराज आचार्यले जानकारी दिए । सो अवसरमा प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

कास्की कांग्रेसले कास्कीका ७२ वटै वडामा एकै दिन क्रियाशील सदस्यताको प्रमाणपत्र वितरण तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो ।

पार्टी प्रवक्ता युवक लामिछानेका अनुसार यस कार्यक्रमका लागि कांग्रेसले सबै वडामा प्रतिनिधि खटाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ