arrow

नेपाली कांग्रेसले बीपीको बाटो भुल्न हुँदैन : नेता भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
govinda-bhattrai-nc.jpg

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीले बीपीको बाटो भुल्न नहुने बताएका छन् ।

सोमबार १११औँ बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस तनहुँद्वारा प्रकाशित बुलेटिन सार्वजनिक गर्दै उनले बिपीले देखाएको बाटो अवलम्बन गरेर अघि बढ्न सकेमात्र कांग्रेसको भलो हुने बताएका छन् ।

देशमा भएका विकृति र विसङ्गतिको अन्त्य गर्दै समृद्ध मुलुक निर्माण गर्ने अभिभारासहित दुई ठूला दल मिलेर सरकार बनेको उनको भनाइ थियो । 

पार्टीका गतिविधिहरुको सूचना प्रवाह गर्न र पार्टीलाई वैचारिक रुपमा सशक्त एवं साङ्गठनिक रुपमा चुस्त, प्रभावकारी तुल्याउने उद्देश्यले पार्टीले बिपी जयन्तीको अवसरमा बुलेटिन प्रकाशन गरेको हो । 

केन्द्रीय सदस्य भट्टराईले उक्त बुलेटिनको विमोचन गरेका थिए । बुलेटिनमा बिपी कोइरालाले विसं २०३६ मा दमौलीमा गर्नुभएको भाषण, विसं २००७, २०१८, २०४६ र सशस्त्र द्वन्द्वकालका तनहुँ सहिदहरुको चिनारी, नेपाली काङ्ग्रेस तनहुँका केही प्रजातन्त्र सेनानी र अग्रजको चिनारी, सशस्त्र द्वन्द्वकालका पीडितको विवरण र नेपाली कांग्रेस तनहुँका गतिविधि समेटिएको पार्टीका जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

कार्यक्रममा पञ्चायतकालमा कांग्रेस तनहुँको हितमा योगदान गर्ने २२ जनालाई सम्मान गरिएको थियो ।

कांग्रेसका पूर्व जिल्ला सभापति बैकुण्ठ न्यौपाने, रघुनाथ पौडेल, प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, पूर्वमन्त्री डोवाटे विकलगायतले बिपीको योगदान बारे चर्चा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ