arrow

सरकार र संसद्को कामलाई प्रभावकारी बनाउने विषयमा सत्तारुढ दलबीच छलफल [भिडियो]

सात बुँदे सम्झौताअनुसार नै सरकारको न्यूनतम साझा कार्यक्रम बन्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
congress-uml-party-samjauta.jpg

काठमाडौँ । सत्तारुढ दलहरुबीच सरकार र संसद्को कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकार संसद्को कामलाई प्रभावकारी, सन्तुलित, व्यवस्थित ढङ्गबाट अघि बढाउने विषयमा छलफल भएको नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बताए । 

उनले सरकारका समग्र काम प्रक्रियाहरूमा सिंगो सत्तापक्ष कसरी एकीकृत धारणाका साथ अघि बढ्ने ? भन्नेबारेमा पनि छलफल भएको बताए । उनले न्यूनतम साझा कार्यक्रमको प्रक्रिया अघि बढाउन शीर्ष नेताहरूबाट निर्णय भइसकेकाले सरकार निर्माणताका भएको सात बुँदे सम्झौताअनुसार नै सरकारको न्यूनतम साझा कार्यक्रम बन्ने बताए । 

उनले भने, ‘आजको छलफल र बैठकको उद्देश्य भनेको सरकार र संसद्को कामलाई कसरी प्रभावकारी ढङ्गबाट अघि बढाउने, सरकार संसद्को कामलाई कसरी सन्तुलित ढङ्गबाट, व्यवस्थित ढङ्गबाट अघि बढाउने र सँगै सरकारलाई समग्र काम प्रक्रियाहरूमा सिंगो सत्तापक्ष कसरी एकीकृत धारणाका साथ अघि बढ्ने ? यिनै विषयहरूमा छलफल केन्द्रित थियो । यो सरकार निर्माणका केही समझदारीहरू पनि थिए । विशेष गरी नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा ७ बुँदे समझदारी भएको थियो । त्यो समझदारीको जगबाट हामीले सरकार सञ्चालन गर्ने प्रतिबद्धता गरेका थियाँै । न्यूनतम साझा कार्यक्रमको प्रक्रिया अघि बढाउन निर्णय भइसकेको छ ।’


बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेकपा एमाले र नेपाली कांग्रेसबीच सरकार बन्ने बेलामा भएको सात बुँदे सहमतिको सेरोफेरोमा रहेर विस्तृत रूपमा सरकारका न्यूनतम साझा कार्यक्रम बनाउने बताए । उनले सात बुँदे सहमतिलाई अझ विस्तृत गर्ने गरी सरकारको न्यूनतम साझा कार्यक्रम आउने बताए । 

उनले भने, ‘नेकपा एमाले र नेपाली कांग्रेसबीच सरकार बन्ने बेलामा भएको सात बुँदे सहमति भएको थियो । यसलाई अझ विस्तृत रूपमा अघि बढाउने कुरामा सरकार लागेको छ । साझा न्यूनतम कार्यक्रम अब सात बुँदे सहमतिअनुसार आउनेछ । त्यसलाई अझ विस्तृत रूपमा हामीले सात बुँदे सम्झौताअनुसार साझा न्यूनतम कार्यक्रम ल्याउनेछाँै ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ