arrow
ADVERTISEMENT

आँबुखैरेनीमा बस दुर्घटना, १५ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
accident-tanahun-anbu.jpg

[अपडेट]

पोखरा । तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । जसमध्ये आठ जनालाई थप उपचारका लागि चितवन पठाइएको छ ।

बाँकी सात जनाको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी दीपककुमार रायले जानकारी दिए ।

आज दिउँसो ४ः३० बजे आँबुखैरेनी गाउँपालिका वडा नं. ३ स्थित आँबुखैरेनी-३ र २ जोड्ने खहरे खोला पुलस्थित पृथ्वी राजमार्ग सडक खण्डमा मुग्लिङबाट दमौली आउँदै गरेको ग१ख ९४०२ बस अनियन्त्रित भइ दुर्घटनामा परेको हो । बस दुई वटा पुलको बीचबाट खोलामा खसेको छ ।

आबुखैरेनी अस्पताल आबुखैरेनी तनहुँमा उपचार भइरहेका घाइते

१) बस चालक जिल्ला तनहुँ व्यास न.पा. वडा नं. १ बस्ने बर्ष ३९ को केशव अजिङगर ।
२) जिल्ला तनहुँ भानु न.पा. वडा नं. २ बस्ने वर्ष ६८ को यदुबहादुर कुँवर ।
३) जिल्ला तनहुँ बन्दीपुर गा.पा. वडा नं. १ बस्ने वर्ष ७७ की श्रीमाया आले ।
४) जिल्ला तनहुँ बन्दीपुर गा.पा. वडा नं. १ बस्ने वर्ष ५६ की सुकमाया थापा ।
५) जिल्ला तनहुँ भानु न.पा. वडा नं.३ बस्ने वर्ष २८ को अजित थापा ।
६) जिल्ला तनहुँ व्यास न.पा. वडा नं. १२ बस्ने वर्ष २४ की कल्पना नेपाली ।
७) जिल्ला गोरखा पालुङटार न.पा. वडा नं. ८ बस्ने वर्ष ६५ को मनराज परियार ।

नारायणी सामुदायिक अस्पताल चितवन रिफर

८) जिल्ला तनहुँ भानु न.पा. वडा नं. १ बस्ने बर्ष ४७ को मानबहादुर गन्धर्व ।
९) जिल्ला तनहुँ घिरिङ गा.पा. वडा नं. ५ बस्ने वर्ष ३० की बसन्ती थापा ।
१०) जिल्ला तनहुँ घिरिङ गा.पा. वडा नं. ५ बस्ने बर्ष ९ की स्वता थापा ।
११) जिल्ला गोरखा गोरखा न.पा. वडा नं. १४ बस्ने वर्ष ६४ की माया थापा ।
१२) जिल्ला गोरखा पालुङटार न.पा. वडा नं. ५ बस्ने बर्ष ६८ की जौमाया कुमाल ।
१३) जिल्ला गोरखा पालुङ्टार न.पा. वडा नं. ८ बस्ने बर्ष २४ को सुवास नेपाली ।
१४) जिल्ला गोरखा पालुङ्टार न.पा. वडा नं. ८ बस्ने बर्ष ३१ को सुमन खाती ।(डिस्चार्ज)
१५) जिल्ला गोरखा पालुङ्टार न.पा. वडा नं. ८ बस्ने वर्ष ३८ को मिलन खाती ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ