arrow
ADVERTISEMENT

मलाइका अरोराका बुबाको सातौँ तलाबाट खसेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
malaika-arora-father.jpg

काठमाडौँ । अभिनेत्री मलाइका अरोराका बुबा अनिल अरोराको मुम्बईमा टेरेसबाट खसेर मृत्यु भएको छ ।

अनिल अरोरा बान्द्राको एक आवासीय सोसाइटीको सातौँ तलामा बस्थे । अनिल अरोराको मृत्युपछि मलाइका अरोराका पूर्व पति एवं अभिनेता अरबाज खान सबैभन्दा पहिले पुगेका थिए । प्रहरीले बालकनीबाट खसेर उनको मृत्यु भएको पुष्टि गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

घटना लगत्तै प्रहरी उनको बान्द्रास्थित फ्ल्याटमा पुगेर यो मृत्यु दुर्घटना हो वा आत्महत्या हो भन्नेबारे अनुसन्धान गरिरहेको जनाइएको छ । 

घटनाका बेला मलाइका अरोरा पुणेमा थिइन् र उनी मुम्बई पुगेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ