arrow

कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा सदस्यहरू मनोनित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
congress-party-office-2081.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको साहित्य, कला तथा संस्कृति विभागमा सदस्यहरु मनोनित गरेका छन् । 

देउवाले बिहीबार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम १० जनालाई मनोनित गरेका हुन् । 

पार्टी केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सिना प्रमुख रहेको विभागमा अछामका यज्ञराज उपाध्याय, काठमाडौँका राजेन्द्र खत्री, काभ्रेपलाञ्चोक रविन्द्र खड्का, चितवनका रमेश कोइराला, दाङका चन्द्र शर्मा मनोनित भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

त्यसैगरी तनहुँका सरोज भण्डारी, ललितपुरका रिसबदेव घिमिरे, सिरहाका शान्ति सदा, पाँचथरका देशु सुहाङ, दैलेखका गणेश हमाल पनि मनोनित भएको विज्ञप्तिमा उल्लेख छ । 

पछिल्लो समय कांग्रेसले विभिन्न विभागमा धमाधम सदस्यहरु मनोनयनको क्रमलाई तीव्रता दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ