arrow
ADVERTISEMENT

प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका ११ व्यक्तित्व सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
nepali-congress-gandaki.jpg

पोखरा । बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएका ११ व्यक्तित्वलाई पोखरामा सम्मान गरेको छ ।

एक सय एघारौँ बीपी जयन्तीका अवसर पारी आयोजित एक समारोहका बीच नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले उनीहरुलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा दुर्गादत्त पौडेल (नवलपुर), तीलबहादुर गुरुङ (गोरखा), सानुमाया गुरुङ (लमजुङ), बुद्धिकुमार बतास (तनहुँ), राज घले (मनाङ), भोजराज भण्डारी (कास्की), वेदप्रकाश पनेरु (स्याङ्जा), रुद्रलाल उपाध्याय (पर्वत), गोविन्द कँडेल (बागलुङ), भैरवबहादुर हुमेल (म्याग्दी) र कृष्णप्रसाद बरुवाल (मुस्ताङ) छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कोइरालाले बीपीको चिन्तनलाई आत्मसात् गर्नसकेमा कांग्रेस कहिल्यै कमजोर बन्न नपर्ने बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले जनताको शासन गर्न जनताले पाउनुपर्ने विचारका साथ स्थापित नेपाली कांग्रेसले बीपीको आदर्शलाई भुल्न नहुनेमा जोड दिए ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बीपीले तत्कालीन समयमा अघि सार्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको चिन्तनलाई पूर्णरुपमा अवलम्बन गर्न नसकेका कारण कांग्रेस कमजोर बनेको बताए ।

बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशका अध्यक्ष माधवप्रसाद बास्तोलाले पुस्तकालयका तर्फबाट प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएका व्यक्तिलाई बर्सेनि सम्मान गरिँदै आएको जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा रघुराज काफ्लेले ‘बीपी कोइराला प्रजातान्त्रिक समाजवाद र नेपाली कांग्रेसको आर्थिक कार्यक्रम’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन, नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठ एवं सम्मानित व्यक्तिले बीपीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ