arrow
ADVERTISEMENT

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
dhakakumar-shrestha-2crore-scandle.jpg

पोखरा । पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । लागुऔषध बिक्री गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

श्रेष्ठ पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोकस्थित दिया फार्मेसी सञ्चालक हुन् । गत साउन ३ मा पक्राउ परेका रोल्पाका प्रकाश थापामगरले श्रेष्ठको नाम पोलेपछि उनलाई पनि नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।

यसअघि उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद हुन् । सांसद रहेकै अवस्थामा व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको अडियो बाहिरिएपछि रास्वापाद्वारा पदबाट हटाइएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ