arrow
ADVERTISEMENT

चक्रपथ निर्माणको घनचक्कर [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २९ शनिबार
ringroad-construcion-81-5-2.jpg

काठमाडौँ । चक्रपथअन्तर्गत कलंकी—वसुन्धरासम्मको सडक विस्तार शुरु गर्ने भनिएको लामो समय भइसक्यो । पूर्व तयारीका लागि सडकमा पर्ने रुख कटानदेखि अन्य केही काम शुरु भए पनि सडक विस्तारको काम शुरु हुन सकेको थिएन । 

गत भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिहरुबीच सडक विस्तारमा सहयोग गर्ने सम्बन्धी पत्रमा हस्तक्षर भएपछि दोस्रो खण्डको निर्माण प्रक्रिया शुरु भएको छ । 

८.२ किलोमिटरको दोस्रो खण्ड विस्तारको काम २०७५ सालमै शुरु हुनुपर्ने थियो । तर नेपाल सरकार स्वयं र चीन सरकारले ढिलाइ गर्दा कामले गति लिन सकेको थिएन । 

२०६९ सालमा कोटेश्वर कलंकी पहिलो खण्डको काम शुरु भइ २०७५ सालमै सकिएको थियो । पहिलो विस्तारको काम सकिए लगत्तै दोस्रो खण्डको सडक विस्तार शुरु हुनुपर्ने थियो । 

तर विभिन्न कारणवश अहिलेसम्म पनि शुरु हुन सकेको थिएन । जबकि चीनसँग सन् २०१८ मा यो सडक खण्ड विस्तारका लागि जिटुजी सम्झौता भएको थियो । 

चीन सरकारले पूर्वतयारीका काम नटुंग्याई आफूहरू नआउने अडान लिँदै आएको थियो । यसैबीच कोरोना महामारी लगायतका कारण काम अघि बढेको थिएन । 

पूर्वतयारीस्वरुप नेपालले २०७५ मै रुख कटान लगायतका केही काम अघि बढाएको थियो । तर त्यसपछि दुई देशबीच सहमति बन्न नसक्दा आम नागरिकले भने दुःख र सास्ती व्यहोर्नुपर्यो । 

र अहिले पनि जारी छ । सडक विस्तारको रुपमा अघि बढाइएको कामले गति लिन नसक्दा धुवाँ, धुलो, हिलो र खाल्डाखुल्डीहरु अहिले पनि प्रशस्त देखिन्छन् । 

बालुवा, गिटी, थुपारिएको अव्यवस्थित स्वरुप पनि देखिन्छ । जसकारण सो क्षेत्रको व्यापार व्यवसायमात्रै चौपट्ट बनेको छैन, व्यवसाय नै छोड्नुपरेको गुनासो व्यवसायीहरुको छ । यसबीचमा स्थानीय नागरिक र सम्बन्धित जनप्रतिनिधिहरुले सडक बिस्तारको कामलाई तिब्रता दिन आन्दोलनसमेत गरेका थिए । (न्युज एजेन्सी नेपाल) 

ringroad-construcion-81-5-29 (1).jpg
ringroad-construcion-81-5-29 (2).jpg
ringroad-construcion-81-5-29 (3).jpg
ringroad-construcion-81-5-29 (4).jpg
ringroad-construcion-81-5-29 (5).jpg
ringroad-construcion-81-5-29 (6).jpg
ringroad-construcion-81-5-29 (7).jpg
ringroad-construcion-81-5-29 (8).jpg
ringroad-construcion-81-5-29 (9).jpg
ringroad-construcion-81-5-29 (10).jpg
ringroad-construcion-81-5-29 (11).jpg
ringroad-construcion-81-5-29 (12).jpg
ringroad-construcion-81-5-29 (13).jpg
ringroad-construcion-81-5-29 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ