arrow
ADVERTISEMENT

लोप हुँदै पठन संस्कृति

कांग्रेसीले पढ्नै छोडे, कम्युनिष्टको रुची छैन - बाबुराम भट्टराई [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २९ शनिबार
baburam-bhattrai-02-29.jpg

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा पठन संस्कृति लोप हुँदै गएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले पठन संस्कृतिको चलन हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले भूमिगत कालमा पञ्चायतविरुद्ध लड्दा कांग्रेस, कम्युनिष्ट सबै जेलमा हुँदा पनि पढ्ने गरेको स्मरण गरे । तर अहिले अध्ययन गर्ने संस्कृति हराइरहेको बताए । उनले कांग्रेसले अध्ययन गर्न छोडिसकेको भन्दै कम्युनिस्टहरू पनि अध्ययनमा रुची राख्न छोडिसकेको बताए । उनले वैकल्पिक शक्तिहरूले अध्ययनमा केही मेहनत गरे पनि अगण्य रोदन जस्तो हुने गरेको बताए । 

उनले भने, ‘अहिले मान्छेमा पढ्ने लेख्ने चलन पनि छैन । हिजोका हाम्रा साथीहरू त्यत्रो भूमिगत कालमा पञ्चायत विरुद्ध लड्दा कांग्रेस, कम्युनिष्ट सबै साथीहरू जेलमा पर्दा पनि सँगै अध्ययन गर्ने बानी थियो । पछि हामी जनयुद्धमा जाँदा पनि त्यत्रो मेहनत गरेर पढ्थ्यौँ । अहिले यता आइसकेपछि अब कांग्रेसका साथीहरूले त पढ्नै छोडिहाल्नु भयो । कम्युनिस्टहरू अलि बढी जो पढ्ने हो कम्युनिस्टहरू पनि अब कुनै खास फरक छैन । उहाँहरूले पनि पढाई लेखाइमा रुची राख्नुहुन्न । हामीले अघि वैकल्पिक ढङ्गले जानुपर्छ, भन्नेहरू पनि अलिअलि मेहनत गर्न खोजेका छौँ तर हाम्रो पनि अगण्य रोदन जस्तो भइरहेको छ ।’

पूर्व प्रधानमन्त्री भट्टराईले आर्थिक वृद्धि, सामाजिक न्याय, दिगो प्रकृतिको संरक्षण र मान्छेमा खुशीपना आउनुपर्ने आयामसहितको विकास आवश्यक रहेको बताए । उनले लोकतन्त्र उन्नत हुँदै जाने प्रक्रिया भएकाले यसको विकास गर्दै अघि बढ्नुपर्ने बताए । उनले समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवाद आवश्यक रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ