arrow
ADVERTISEMENT

प्रतिनिधि सभाको अवरोध : सभामुखले बोलाए दलका सचेतकहरूलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
devraj-2080-08-22.jpg

काठमाडौँ । बिना अवरोध सदन सञ्चालन गर्न सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका निम्ति आमन्त्रण गरेका छन् ।

सङ्घीय संसद्का प्रवक्ता एकराम गिरिका अनुसार सभामुखले आज बिहान ११:३० बजे हुने बैठकमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), प्रमुख विपक्षी दल (माओवादी केन्द्र) तथा प्रतिपक्षी दल द्वय राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा सचेतकलाई छलफलमा आमन्त्रण गरेका हुन् । 

यही भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद योगेश भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्दप्रति विमति जनाउँदै माओवादी केन्द्रका सांसदहरूले उक्त शब्द संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए । 

यद्यपि सभामुखले यही भदौ २६ गतेको बैठकमा हिंसा शब्द अभिलेखबाट नहटाउने बताएपछि माओवादी सांसदहरूले संसद्मा अवरोध गरे । 

उक्त पार्टीका सांसदले आजको बैठकमा पनि अवरोध गर्ने घोषणा सार्वजनिक गरेपछि निकासका निम्ति सभामुखले बैठक डाकेका हुन् । 

प्रतिनिधिसभाको आजको बैठक अपराह्न १३:०० बजेका निम्ति आह्वान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ