पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ घट्यो
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
2.4k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।
निगमले घटेको मूल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टितेलको प्रति लिटर १४९ रुपैयाँ पर्ने भएको छ ।