सहकारी ठगीको अनुसन्धान गर्ने छानबिन समितिको प्रतिवेदन संसदमा पेश हुँदै
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
602
Shares
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ ।
आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
समितिका सभापति क्षत्रीले तीन महिना १५ लिन लामो अनुसन्धानपछि तयार पारिएको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाउन लागेका हुन् ।