arrow
ADVERTISEMENT

नेप्सेमा ५७ अङ्कको गिरावट, ७ अर्बको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
nepal-stock-exchange-nepse_1617884544.jpg
तस्बिर : फाइल

काठमाडौँ। नेप्सेमा आज ५७ अङ्कको गिरावट आएको छ। सोमबार नेप्सेमा ५७.०३ अङ्कले घटेर २५८०. ७६ विन्दुमा रोकिएको छ। आज ३१२ कम्पनीको कारोबार हुँदा एक करोड ७० लाख ६१ हजार ८०७  कित्ता शेयर ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३८३ को खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार आज आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, आज गुडविल फाइनान्सको शेयर मूल्य सबैभन्दा बढी ९.९१ प्रतिशतले घटेको छ।

आज सबैभन्दा बढी सिइबिडी हाइड्रोको सबै भन्दा बढी ३१ करोड ११ लाख ४९ हजार ७३६ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै आज लक्ष्मी सनराइज बैङ्कको प्रमोटर शेयरको सबैभन्दा बढी ५ लाख ७७ हजार ३८९ कित्ता शेयर कारोबार भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ