arrow
ADVERTISEMENT

कन्टेनरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
accident-final.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ चाउथेको विजयपुर उकालोमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा म्याग्दी घर भइ हाल पोखरा-२९ ढुंगेपाटन बस्ने ३७ वर्षका खुमराज तिलिजा रहेका छन् ।

प्रहरीका अनुसार दिउँसो करिब १ बजे तिलिजाले चलाएको ग२३प ४४७३ नम्बरको बुलेट मोटरसाइकलले बागमती प्रदेशको ०३-००१ख२१६६ नम्बरको कन्टेनरलाई ओभरटेक गर्नेक्रममा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक तिलिजालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

कन्टेनर र चालक सल्यान घर भएका ३३ वर्षीय रमेश केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ