arrow

असोज महिनाको पहिलो तथा विश्वकर्मा पूजाको दिनमा राशिफल कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १ मंगलबार
rashifal-horoscope-1.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ असोज १ गते मंगलबार, इस्वीसंवत सेप्टेम्बर १७ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रशुक्लपक्षको चतुर्दशी तिथि बिहानमा ११ः०० बजेसम्म त्यसपछि पूर्णिमा तिथि लाग्नेछ । नक्षत्रमा शतभिषा दिनमा २ः२५ बजेसम्म त्यसपछि पूर्वाभाद्रपदा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा धृति ७ घटि ५८ पलासम्म त्यसपछि शूल योग रहनेछ । करणमा भद्रा रहनेछ । आनन्दादि योगमा मृत्यु रहनेछ ।

सूर्य कन्या राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । आज दिनमान ३० घटि ३५ पला अर्थात १२ घण्टा १५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः५० बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः०४ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय साँझमा ५ः४४ बजे र अस्ताउने समय रातिमा ४ः३७ बजे रहेको छ । आज आश्विन संक्रान्ति, विश्वकर्मा पूजा गर्ने दिन, वास्तु दिवस, राष्ट्रिय चलचित्र दिवस, विश्व बिरामी सुरक्षा दिवस र राष्ट्रिय विज्ञान.दिवस रहेको छ ।

आजको राशिफल :

मेष : आज समय शुभ रहनेछ, आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । नयाँ-नयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ । फलफूलसम्बन्धी पेसामा उच्चतम् लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा प्रतिष्ठासँग गाँसिएका काममा लगानी हुनेछ । सही सदुपयोग गर्न सके उच्चतम् लाभ हासिल गर्न सकिनेछ, समयको उपयोग गर्नुहोला ।

वृष : आज समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आँटेका काम सबै पूरा नभए पनि हतासको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु जोखिमपूर्ण छ । त्यसकारण तत्काल पेसा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ ।

मिथुन : आज समय तथा स्वास्थ्य भरपर्दो रहनेछैन । पेटमा आकस्मिक खराबी आउन सक्ने, आफ्नै रिसको झोंकमा काम बिगार्दै हिंड्ने, जताबाट पनि तपाईँलाई समय राम्रो छैन । आज सकेसम्म उत्तर दिशाको यात्रामा नजानुहोला । आज धार्मिक एवं सामाजिक क्षेत्रमा लाग्नुभएमा ठूलो घाटाबाट बच्न सकिनेछ ।

कर्कट : आज समय राम्रो छैन । सरकारी कार्यालयबाट लिइने काम बन्ने छैन । आश्रित कर्मचारी, आफ्ना छोराछोरी पनि तपाईंको पक्षमा देखिंदैनन् । स्वास्थ्य पनि भरपर्दो नरहला । अनावश्यक खर्चले सताउला । सबै काममा सावधानी राख्नु नै बेस हुनेछ । आज उत्तर दिशाको यात्रामा नजानुहोला ।

सिंह : आज स्वास्थ्य ठीकठाक रहनेछ । मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ ।

कन्या : आज समय शुभ छ, स्वास्थ्य भरपर्दो रहनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जाँगर बढ्नेछ, नयाँ जागीर खाने ईच्छा भएमा प्रयास गर्नु होस् सफलता मिल्ने छ । कसैलाई नगद धन दिएका भए आज माँगे पाइन्छ । तपाईंले आँटेका सबै काममा राम्रो सफलता पाइने देखिन्छ ।

तुला : आज समय शुभ छैन । साना-साना कुरामा पनि शंका र चिन्ता गर्ने देखिन्छ । जहाँ नजानु पर्ने हो बाध्यताले जानै पर्ने, अरु व्यक्तिले दिएको नखानु पर्ने हो तर खानैपर्ने र आफ्नोबारे निन्दा अपमान सुन्नुपर्ने समय छ । तपाईंको काम आफन्त पर्ने व्यक्तिबाट नै बिग्रने देखिनेछ । आम्दानीभन्दा खर्चले जित्ने दिन पनि छ ।

वृश्चिक : आज स्वास्थ्यमा समस्या आउन सक्छ । खाने पिउने मामलामा ज्यादै ख्याल गर्नुहोला । पेट गड्बडीको सम्भावना बलियो छ । तपाईंका शत्रु जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । काम शुरु नगर्नु नै बेस । खानपानमा विशेष सतर्क हुनुहोला ।

धनु : आज स्वास्थ्यमा सुधार आउनेछ । पदीय प्रमोसन अथवा पैसा परिश्रम अनुसारको हात पर्ने समय रहेको छ । जग्गा, जमिन किन्न चाहनुहुन्छ भने आज अत्यन्त शुभ रहनेछ । पुराना छुटेका इष्टमित्रसँग भेट हुने मौका पनि पाउनु हुनेछ । विशेष गरी पश्चिम दिशाको यात्राले फाइदा मिल्नेछ ।

मकर : आज समय अत्यन्त खराब छ, शत्रुस्थानको चन्द्रमाले मनमा विना कामका चिन्ताले सताउनेछन् । आँफू अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिसँग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने आफ्नै पैसा र समयको बर्वादी हुनेछ ।

कुम्भ : आज समय अत्यन्तै शुभ छ । भाग्यस्थानको चन्द्रमाको प्रभावले कुनै पनि शैक्षिक क्षेत्रमा लगानी आज गर्नुभयो भने राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । स्वास्थ्यले समेत साथ दिनेछ । समय शुभ छ उपयोग गर्नुहोला । आज पूर्व दिशाको भ्रमणमा महत्वपूर्ण काम बन्नेछन् ।

मीन : आज समय खराब छ । स्वास्थ्य पनि भरपर्दो रहनेछैन । चिसोबाट सतर्क हुनुहोला । यात्रामा समेत झमेला हुन सक्नेछ । पेशाबाट तनाव उत्पन्न हुनेछ । आम्दानीका स्रोत बन्द हुनेछन् । जागीरमा समेत समस्या आउन सक्छ, आजको कसैसँग धेरै बोल्नु भन्दा नबोल्नु नै तपाइँको जित हुनेछ ।

साइतः सूर्य कन्या राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तर यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः४९ बजेदेखि ७ः२१ बजेसम्म रोग बेला
बिहान ७ः२१ बजेदेखि ८ः५४ बजेसम्म उद्धेग बेला
बिहान ८ः५४ बजेदेखि १०ः२६ बजेसम्म चर बेला
बिहान १०ः२६ बजेदेखि ११ः५८ बजेसम्म लाभ बेला
मध्यान्ह ११ः५८ बजेदेखि १ः३० बजेसम्म अमृत बेला
दिनमा १ः३० बजेदेखि ३ः०२ बजेसम्म काल बेला
दिनमा ३ः०२ बजेदेखि ४ः३४ बजेसम्म शुभ बेला
दिनमा ४ः३४ बजेदेखि ६ः०६ बजेसम्म रोग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः०६ बजेदेखि ७ः३४ बजेसम्म उद्धेग बेला
साँझ ७ः३४ बजेदेखि ९ः०२ बजेसम्म चर बेला
राति ९ः०२ बजेदेखि १०ः३० बजेसम्म लाभ बेला
राति १०ः३० बजेदेखि ११ः५८ बजेसम्म अमृत बेला
राति ११ः५८ बजेदेखि १ः२६ बजेसम्म काल बेला
राति १ः२६ बजेदेखि २ः५४ बजेसम्म शुभ बेला
रातिमा २ः५४ बजेदेखि ४ः२२ बजेसम्म रोग बेला
रातिमा ४ः२२ बजेदेखि ५ः५० बजेसम्म उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ