arrow

दिल्ली छाडेका पोन्टिङ पञ्जावको मुख्य प्रशिक्षक 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २ बुधबार
ricky-ponting.jpg

काठमाडौँ । अस्ट्रेलियाका पूर्व कप्तान रिक्की पोन्टिङ आईपीएल टिम पञ्जाब किंग्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । यसअघि आईपीएल टिम दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक रहेका रिक्की अब २०२५ आईपीएल सिजनका लागि पञ्जाब किंग्सको मुख्य प्रशिक्षक नियुक्त गरिएको हो ।

रिक्की पञ्जावको पछिल्लो सात सिजनमा छैटौँ मुख्य प्रशिक्षक बनेका छन् । उनी केही महिनाअघि मात्र दिल्लीको मुख्य प्रशिक्षकको भूमिकाबाट अलग भएका थिए । पञ्जाब किंग्सले अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । २०१४ मा उपविजेता बनेको पञ्जाब त्यसयता प्लेअफमा पुग्नसमेत सकेको छैन ।

आइपिएलमा खराब प्रदर्शन गरिरहेको पञ्जाबलाई नयाँ स्वरुपमा ल्याउन रिक्कीका अगाडि चुनौती देखिएको छ । पञ्जाबका कप्तान शिखर धवनले हालै संन्यास लिएपछि नयाँ कप्तान चुन्नेदेखि खेलाडीलाई रिटेन गर्ने र नयाँ खेलाडी भित्र्याउने चुनौती रहेको छ ।

रिक्की पोन्टिङ पहिलो सिजनदेखि नै आईपीएलसँग जोडिएका छन् । शुरुमा कोलकता नाइट राइडर्स र त्यसपछि मुम्बई इण्डियन्सको खेलाडीको रुपमा उनले आईपीएल खेलेका थिए । उनले २०१३ मा सिजनको बिचमा नै मुम्बईको कप्तानी छोडेका थिए । 

त्यसपछि उनी २०१४ मा मुम्बईको एड्भाइजरको भूमिकामा थिए भने २०१५ र २०१६ मा मुख्य प्रशिक्षक बनेका थिए । त्यसपछि २०१८ देखि उनी दिल्लीको मुख्य प्रशिक्षक रहेका थिए ।
                  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ