arrow

दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३ बिहिबार
afg-sa-odi-24-9-18.jpg

काठमाडौँ । अफगानिस्तानले दक्षिण अफ्रिकालाई एक दिवसीय क्रिकेटमा पहिलो पटक पराजित गरेको छ । यूएईको सारजहाँको तटस्थ मैदानमा बुधबार भएको पहिलो खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो ।

दक्षिण अफ्रीकाले दिएको केवल १०७ रनको लक्ष्य अफगानिस्तानले २६ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ३३.३ ओभरमा अल आउट ँहुँदै केवल १०६ रन बनाएको थियो ।

वाइयन मुल्डरले ५२ रन बनाएको इनिङ्सलाई ध्वस्त पार्ने क्रममा फजलहक फारुकीले ४, एएम घजनफारले ३ तथा राशिद खानले २ विकेट लिए । 

यो जितपछि अफगानिस्तान २ खेलको श्रृंखलामा १–० ले अगाडि रहेको छ । यसअघि अफगानिस्तानले एक दिवसीयमा अफगानिस्तानलाई हराउन सकेको थिएन । दोस्रो खेल शुक्रबार हुँदै छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ