arrow

संविधान दिवस तथा श्रीविष्णुको प्रिय दिनमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३ बिहिबार
rashifal-horoscope-3.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ असोज ३ गते बिहीबार, इस्वीसंवत सेप्टेम्बर १९ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनकृष्ण पितपृक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनकृष्ण पितपृक्षको प्रतिपदा तिथि बिहानमा ६ः१९ बजेसम्म त्यसपछि द्धित्तीया तिथि लाग्नेछ । नक्षत्रमा उत्तरभाद्रपदा बिहानमा ११ः१३ बजेसम्म त्यसपछि रेवति नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वृद्धि ४४ घटि ४९ पलासम्म त्यसपछि ध्रुव योग रहनेछ । करणमा तैतिल रहनेछ । आनन्दादि योगमा छत्र रहनेछ ।

सूर्य कन्या राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान ३० घटि २७ पला अर्थात १२ घण्टा १२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः५१ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः०२ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय साँझमा ६ः५५ बजे र अस्ताउने समय भोलि बिहानमा ६ः५४ बजे रहेको छ । आज संविधान दिवस रहेको छ ।

आजको राशिफल

मेष : समय शुभ रहनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । आँट गर्दा चिताएको काम सजिलै सम्पादन हुनेछ । अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ । रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ ।

वृष : स्वास्थ्य राम्रो रहनेछ । मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सक्छ । व्यापार र उद्योगमा फाइदा हुनेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय रहेको छ ।

मिथुन : समय खराब रहनेछ । खर्च बढ्नाले रकम अभाव देखा पर्न सक्छ । दैनिक काम रोकिनेछ र खानपानको असावधानीले स्वास्थ्य कमजोर रहन सक्छ । अरूका लागि जुट्नुपर्दा नियमित काममा बाधा पर्नेछ। माया प्रेममा सामान्य खटपटको योग पनि रहेको छ ।

कर्कट : स्वास्थ्य भरपर्दो रहनेछैन । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला । परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ । विदेशी लगानीमा सञ्चालित संस्थाबाट तनाव बढ्ने देखिन्छ । सतर्क हुनुहोला ।

सिंह : स्वास्थ्य भरपर्दो रहनेछैन । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला । परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ । विदेशी लगानीमा सञ्चालित संस्थाबाट तनाव बढ्ने देखिन्छ । सतर्क हुनुहोला ।

कन्या : समय खराब छ । स्वास्थ्य कमजोर रहने देखिन्छ । घरायसी काम बिग्रनाले दुःख पाइनेछ । आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ, सचेत रहनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग छ । माया प्रेममा समस्या हुनेछ ।

तुला : समय अत्यन्तै शुभ छ । प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ । काम देखाएर उपलब्धि हातपार्ने मौका छ । नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ ।

वृश्चिक : समय अत्यन्तै खराब छ । पारिवारिक असमझदारी बढ्ने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्नेछ । आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन् । काममा बाधा पुर्याउनेहरू सक्रिय हुने हुँदा सजग रहनुहोला । प्राविधिक ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ ।

धनु : स्वास्थ्यमा एक्कासि समस्या आउने योग छ । अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। ईश्या गर्नेहरूले अवरोध पुर्याउने देखिन्छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला । समय खराब छ सतर्क हुनुहोला ।

मकर : स्वास्थ्य सबल रहनेछ । शुचिन्तकले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ । समग्रमा समय शुभ छ, भरपूर उपयोग गर्नुहोला ।

कुम्भ : समय खराब छ, आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । न्यून उपलब्धिका लागि धेरै समय खर्च हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला । जागीरमा समस्या उत्पन्न हुनेछ, शुभचिन्तकहरू पनि टाढिने देखिन्छ ।

मीन : आज समय मध्यम खालको छ । अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेका लागि समय शुभ छैन । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी गर्न सकिनेछ । घर जग्गा तथा सवारी साधनको कारोबारमा ध्यान दिनुहोला ।
 

साइतः सूर्य कन्या राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिण यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण र पूर्वतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः४९ बजेदेखि ७ः२१ बजेसम्म शुभ बेला
बिहान ७ः२१ बजेदेखि ८ः५४ बजेसम्म रोग बेला
बिहान ८ः५४ बजेदेखि १०ः२६ बजेसम्म उद्धेग बेला
बिहान १०ः२६ बजेदेखि ११ः५८ बजेसम्म चर बेला
मध्यान्ह ११ः५८ बजेदेखि १ः३० बजेसम्म लाभ बेला
दिनमा १ः३० बजेदेखि ३ः०२ बजेसम्म अमृत बेला
दिनमा ३ः०२ बजेदेखि ४ः३४ बजेसम्म काल बेला
दिनमा ४ः३४ बजेदेखि ६ः०६ बजेसम्म शुभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः०६ बजेदेखि ७ः३४ बजेसम्म रोग बेला
साँझ ७ः३४ बजेदेखि ९ः०२ बजेसम्म उद्धेग बेला
राति ९ः०२ बजेदेखि १०ः३० बजेसम्म चर बेला
राति १०ः३० बजेदेखि ११ः५८ बजेसम्म लाभ बेला
राति ११ः५८ बजेदेखि १ः२६ बजेसम्म अमृत बेला
राति १ः२६ बजेदेखि २ः५४ बजेसम्म काल बेला
रातिमा २ः५४ बजेदेखि ४ः२२ बजेसम्म शुभ बेला
रातिमा ४ः२२ बजेदेखि ५ः५० बजेसम्म रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ