arrow

आश्विन र जडेजाले राखे भारतको मान, बंगलादेशले गुमायो लय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३ बिहिबार
aswin-jadeja-24-9-19a.jpg

काठमाडौँ । टेष्ट क्रिकेटका दुई अलराउन्डरहरु रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले भारतको मान राखेका छन् । बंगलादेशविरुद्ध घरेलु मैदान चेन्नाईमा भइरहेको पहिलो टेष्ट क्रिकेटमा कमजोर शुरुआत गरेको भारतीय ब्याटिङलाई सुधार गर्ने क्रममा आश्विन जडेजाले सातौँ विकेटका लागि अविश्मरणीय इनिङ्स खेलेका छन् । 

टेष्ट क्रिकेटमा भारतले नै अगाडि ल्याएको बंगलादेशले शानदार प्रदर्शन गर्ने क्रममा टस जितेर पहिले बलिङ गर्दै भारतलाई आच्छु आच्छु पारेको थियो । ३३ रन जोड्दा ३ विकेट गुमाएको भारतले १४४ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो । 

अग्रपंक्तिका सबै ब्याट्सम्यान आउट भएको खेलमा सातौँ विकेटका लागि आश्विन र जडेजाले अविजित रहँदै १९५ रनको साझेदारी गरेसँगै भारतले पहिलो दिनको समाप्तिसम्म ६ विकेटको क्षतिमा ३३९ रन बनाएको छ । 

आश्विनले शतक बनाइसकेका छन् । उनी ११२ बलमा १०२ रन बनाएर अविजित छन् भने जडेजाले ११७ बलमा ८६ रन बनाएका छन् । 

यसअघि भारतका लागि यशस्वी जैसवालले ५६ रन बनाएका थिए भने ऋषव पन्तले ३९ रन बनाएका थिए । तर कप्तान रोहित शर्मा र विराट कोहली समान ६ रन बनाएर आउट भएपछि भारत धराशायी भएको थियो । 

बंगलादेशका बलर हसन महमुदले ४ विकेट लिए भने नहिद राना र मेहिदी हसन मिराजले एक एक विकेट लिएका थिए ।
  
  भारत आएको बंगलादेशले दुई टेष्टको श्रृंखला खेल्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ