arrow

लभ एन्ड वार अक्टोबरमा फ्लोरमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ४ शुक्रबार
bhansali-ranveer-alia-kausa.jpg

काठमाडौँ । बलिवुडका चर्चित निर्देशक सञ्जय लीला भन्सालीले वेब सिरिज हिरामाण्डीः द डायमण्ड बजारको सफलतापछि नयाँ फिल्मको तयारी शुरु गरेका छन् ।

भन्सालीले नयाँ फिल्म लभ एन्ड वारको घोषणा गरिसकेका छन् र यस फिल्मका लागि रणवीर कपुर, आलिया भट्ट र विक्की कौशल जस्ता स्टारहरूलाई लिने तय गरिसकेका छन् । यो फिल्म सन् २०२६ मा हलमा रिलिज हुनेछ ।

मिडिया रिपोर्टका अनुसार यो फिल्म आगामी अक्टोबर २४ मा फ्लोरमा जानेछ र त्यससँगै पहिलो शेड्युल शुरु हुने बताइएको छ ।

सञ्जय लीला भन्सालीको फिल्मको भव्यतालाई ध्यानमा राखेर यो ठूलो शेड्युल लामो हुने बताइएको छ । ‘लभ एन्ड वार’ भंसालीसँग विक्की कौशलको पहिलो सहकार्य हुनेछ, जबकि रणवीर कपूर र आलिया भट्ट यसअघि निर्देशकसँग काम गरिसकेका छन् ।

रणवीरले भन्सालीको सावरिया २००७ बाट आफ्नो अभिनयको शुरुवात गरेका थिए र आलियाले २०२२ मा गंगुबाई काठियावाडीमा अभिनय गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ