arrow

इङ्गल्याण्डमाथि अस्ट्रेलियाको शानदार जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ४ शुक्रबार
aus-eng-odi-24-9-19.jpg

काठमाडौँ । अस्ट्रेलियाले इङल्याण्ड विरुद्धको जारी एक दिवसीय क्रिकेट श्रृंखलामा विजयी शुरुआत गरेको छ ।

गएराति सम्पन्न खेलमा अस्ट्रेलियाले इङ्गल्याण्डलाई ७ विकेटले पराजित गरेर श्रृंखलामा विजयी शुरुआत गरेको हो ।

इङल्याण्डले दिएको ३१६ रनको विशाल लक्ष्य अस्ट्रेलियाले ४४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

अस्ट्रेलियाको जितमा ट्राभिस हेडले अविजित १५४ रन बनाएका थिए । हेडले १२९ बल खेल्दै १५४ रन बनाएका थिए । त्यस्तै मार्नस लाबुस्चांगेले अविजित ७७ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको इङ्गल्याण्डले ४९.४ ओभरमा अल आउट हुँदै ३१५ रन बनाएको थियो । इङ्गल्याण्डका लागि बेन डकेटले सर्वाधिक ९५ रन बनाएका थिए भने विल ज्याकले ६२ रन बनाएका थिए ।

यो जितपछि अस्ट्रेलियाले ५ खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ । अब श्रृंखलाको दोस्रो खेल शनिबार खेल्ने तालिका रहेको छ ।
         



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ