arrow

तीव्र गतिको मोटरसाइकल दुर्घटनामा परी २६ वर्षे युवाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ४ शुक्रबार
accident-final.jpg

रौतहट । रौतहटको कटहरियामा बिहीबार बेलुकी भएको मोटरसाइकल दुर्घटनामा परेर एक जना युवकको मृत्यु भएको छ ।

कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हरीया सडक खण्डमा बेलुकी ७ बजे मधेस प्रदेश ०३–०२८ प ४९४१ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । 

दुर्घटनामा कटहरिया नगरपालिका ९ डुमरियाका  सुकदेव पासवानको छोरा अन्दाजी वर्ष २६ का रामजन्म पासवानको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन् ।

तीव्र गतिमा रहेको मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते भएका पासवानको कटहरियामा उपचार सम्भव नभएपछि  थप उपचारको लागि प्रादेशिक अस्पताल  गौर पठाईएकोमा उपचारकै क्रममा  मृत्यु भएको  ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई शिवशंकर शर्माले बताएका छन्  ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ