arrow

विश्वकप लिग २ मा नामिबियामाथि यूएईको कीर्तिमानी जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ५ शनिबार
uae-namibia-24-9-20.jpeg

काठमाडौँ । यूएईले आइसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नामिबियालाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा यूएईले नामिबियाविरुद्ध कीर्तिमानी एक विकेटको जित हासिल गरेको हो ।

नामिबियाले दिएको ३१४ रनको लक्ष्य यूएईले ४९.३ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । यूएईले एकदिवसीय क्रिकेटमा तीन सयभन्दा बढी रनको लक्ष्य चेज गरेर जित हासिल गरेको पहिलो पटक हो ।

यूएईको जितमा विष्णु सुकुमारणले ९७ र बसिल हमीदले ७१ रन बनाएका थिए । त्यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले माइकल भान लिंगेनको १०७ रनको शतकीय पारीको मद्धतले ५० ओभरमा ३१३ रन बनाएको थियो ।

यो जितपछि लिग २ मा यूएईको ५ खेलमा २ अंक भएको छ । त्यस्तै नामिबियाको भने १० खेलमा ८ अंक रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ