arrow

आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
bangur-palan-kanchanpur.jpg
फाइल तस्बिर

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ गोक्रुङका स्थानीयले सामूहिक बङ्गुरपालन गर्दै आएका छन् ।

विसं २०७७ मा रु २५ लाख लगानीमा गोक्रुङ सामूहिक कृषि फार्म खोलेर बङ्गुरपालन सुरु गरिएको थियो ।

स्थानीय रुकमाया रानाले विगतमा अज्ञात रोगले फार्मका करिब ५० वटा बङ्गुर मरेपछि लगानी डुब्ने डरले बङ्गुर पाल्न डराए पनि हाल कालीगण्डकी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको सहयोगमा फेरि सामूहिक बङ्गुरपालन सुरु भएको बताए । 

४० जना सेयर सदस्य रहेको फार्ममा हाल बीउ उत्पादन गर्न ४० वटा धराने बङ्गुरका पाठापाठी र माउ बङ्गुर रहेका छन् । 

स्थानीय युवालाई विदेश पलायन रोक्ने उद्देश्यसहित सामूहिक रूपमा बङ्गुरपालन गरिएको रानाले जानकारी दिइन् । 

“विदेश जान लाग्नुभएका श्रीमानलाई गाउँमै रोकेकी छु । फार्मका बङ्गुर राम्रै भएका छन्”, उनले भनिन्, “बङ्गुर फार्म सामूहिक भए पनि फार्म प्रयोग गरेबापत हामीले वार्षिक चार हजार ५०० भाडा तिर्नुपर्छ । एक परिवारले पाँचवटासम्म माउ बङ्गुर राखेका छन् । पालिका र हेफरले उपचार, औषधि, तालिममा सहयोग गरेको छ ।”

रानाले बङ्गुर पाल्न सके बजारको समस्या नहुने बतान् । “यहाँ धार्नीलाई रु नौ सय छ । गाउँमा बङ्गुर काट्दा मासु खोसाखोस हुन्छ । पाल्न सके बङ्गुरले नै आत्मनिर्भर बनाउने प्रशस्त आधार छन्”, उनले भनिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ