- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारतले बंगलादेश विरुद्धको पहिलो टेस्ट क्रिकेट २८० रनले जितेको छ । चेन्नईमा भएको खेलमा भारतले दिएको ५१५ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले खेलको चौथो दिन आइतबार २३४ रन बनाएर अल आउट भएपछि भारत २८० रनले विजयी भएको हो ।
भारतको जितमा रविचन्द्रन आश्विनले ८८ रन खर्चेर ६ विकेट लिए भने रविन्द्र जडेजाले ३ तथा जसप्रित बमराहले १ विकेट लिए । बंगलादेशका लागि कप्तान नाजमुल हुसेन शान्तोले सर्वाधिक ८२ रन बनाएका थिए ।
यसअघि टेस्टको दोस्रो इनिङ्समा भारतले ४ विकेट गुमाउँदै २८७ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेपछि बंगलादेशले ५१५ रनको लक्ष्य पाएको थियो । भारतले पहिलो इनिङ्समा आश्विनको ११३ रनको मद्धतले ३७६ रन बनाएको थियो ।
बंगलादेश पहिलो इनिङ्समा १४९ रनमै अलआउट भएको थियो । दोस्रो इनिङ्समा भारतका लागि शुबमन गिलले अविजित ११९ तथा ऋषभ पन्तले १०९ रन बनाएका थिए ।
यो जितपछि भारतले २ खेलको टेस्ट श्रृंखलामा १–० को अग्रता हासिल गरेको छ । अब दोस्रो टेस्ट सेप्टेम्बर २७ देखि भारतको कानपुरमा शुरु हुँदैछ ।