arrow

नेप्सेमा सामान्य सुधार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । नेप्सेमा आज ११ अङ्कको वृद्धि भएको छ । आइतबार नेप्से ११ अङ्कले बढेर २५८८.३५ विन्दुमा रोकिएको हो ।

आज ३२५ कम्पनीको कारोबार हुँदा एक करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६९० को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज इस्टर्न हाइड्रो र अपर स्याङ्जा हाइड्रोको शेयर मूल्य सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज रावा इनर्जीको शेयर मूल्य सबैभन्दा बढी ८.६५ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी सीईबीडी हाइड्रोको सबैभन्दा बढी २७ करोड ८० लाख २७ हजार ७१५ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्डको शेयरको सबैभन्दा बढी ६ लाख ४७ हजार २०३ कित्ता शेयर कारोबार भएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ