arrow

मिथिला क्षेत्रमा जितिया पर्व [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
jitiya-parba-081.jpg

काठमाडौँ । मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु भएको छ । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको हो । 

श्री जानकी भित्ते पात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा आज ओंगठन, असोज ८ गते मङ्गलवार जितिया व्रत र असोज ९ गते बुधवार साँझ ५ः१५ बजे जितिया व्रत पारण उल्लेख गरिएको छ । 

तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहा खा (नुहाएर खाने) विधिबाट शुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरू मङ्गलवार बिहान ४ बजेदेखि मङ्गलवारको दिनभरि र रातभरि तथा बुधवार दिनभर उपवास बस्नुपर्ने छ । 

बुधवारकै दिन साँझ ५ः१५ बजे पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको छ । व्रतालुहरूले जितिया पर्वको शुभकामना दिँदै आफ्ना बालबालिकाहरूको दीर्घ जीवनको कामना गरिने बताए । 

मिथिलाञ्चलमा मनाइने व्रतहरूमध्ये जितिया व्रतलाई पवित्र व्रतका रूपमा मानिन्छ । उपवास बसेका दिन महिलाहरूले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ