arrow

नेप्सेमा पहिरो, ५९ अंकको गिरावट 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
nepse-stock-share-down-bear.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेप्से परिसूचकमा पहिरो गएको छ । सोमबार नेप्से ५९.०२ अङ्कले घटेर २५२९.३३ विन्दुमा रोकिएको हो ।

आज ३२९ कम्पनीको कारोबार हुँदा एक करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर ५ अर्ब ६६ करोड ३ लाख २  हजार ६८३ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार सोमबार हिमालयन हाइड्रोको शेयर मूल्य सबैभन्दा बढी ९.८४ प्रतिशतले बढेको छ । त्यस्तै, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड र इस्टर्न हाइड्रोको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

नेपाल फाइनान्सको सबै भन्दा बढी २१ करोड १३ लाख ४२ हजार ७३२ बराबरको शेयर कारोबार भएको छ ।  त्यस्तै लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयरको सबैभन्दा बढी ५ लाख कित्ता शेयर कारोबार भएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ