arrow
ADVERTISEMENT

दुर्गा प्रसाईको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन, माइतीघरमा विरोध [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
durga-prasai-samarthak4.jpg

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध सर्वोच्च अदालतमा रिट पेश गरिएको छ । प्रसाईंका कानून व्यवासायीले सोमबार बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालत प्रशासनमा वारेसमार्फत रिट दिएका हुन् ।

सर्वोच्च प्रशासनले पेश गरिएको रिटको दर्ता गर्नेबारे अध्ययन गरिरहेको जनाएको छ । आइतबार आफ्नै निवासबाट पक्राउ परेका प्रसाईं राति नै वीर अस्पतालमा भर्ना भएका थिए । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई अस्पतालबाट लगेर बयान थालेको छ ।

प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई काठमाडौँ जिल्ला अदालतले तीन दिनको म्याद थप गरेर हिरासतमा राख्ने अनुमति दिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईलाई अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

यता प्रसाई पक्राउको विरोधमा उनका समर्थकले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले बिना सर्त रिहाइको माग गरेका छन् ।

रास्वपा नेतृको उजुरीपछि दुर्गा प्रसाईं पक्राउ, तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति [तस्बिर] 

durga-prasai-samarthak-81-6-7 (5).jpg
durga-prasai-samarthak-81-6-7 (6).jpg
durga-prasai-samarthak-81-6-7 (7).jpg
durga-prasai-samarthak-81-6-7 (8).jpg
durga-prasai-samarthak-81-6-7 (1).jpg
durga-prasai-samarthak-81-6-7 (2).jpg
durga-prasai-samarthak-81-6-7 (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ