arrow

देउवाले गरे कांग्रेस संसदीय मामिला विभागमा १० सदस्य मनोनित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
congress-party-office-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय मामिला विभागमा १० सदस्य मनोनित गरेका छन् ।

गोविन्दबहादुर शाह प्रमुख रहेको उक्त विभागमा सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्यहरु मनोनित गरेका हुन् ।

मनोनित भएका सदस्यहरुमा प्राईमहेश सिंह कठायत, (काठमाडौँ), बासु कार्की (काठमाडौँ), टेकबहादुर कुँवर (अछाम), लाक्पा शेर्पा (दोलखा), नरेन्द्र साह (पर्सा), अस्मिता लामा ‘खुशीमाया’ (लम्जुङ), तेज शाह (कञ्चनपुर), धनबहादुर गिरी (ओखलढुंगा), माधव पाण्डे (कालिकोट) र मोहन सुनार (दाङ) रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ